News

अहिलेसम्मकै सबैभन्दा लामो अवधिका लागि लकडाउन थप्ने तयारी

काठमाडौं। लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने तयारी भइरहेका बेला अचानक कोरोनाभाइरसका कारण मृत्यु पुष्टि भएपछि भने सरकारले अहिलेसम्मकै सबैभन्दा लामो अवधिका लागि लकडाउन लम्ब्याउने तयारी थालेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको अवस्थामा संक्रमणको न्यून जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्नेगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको थियो । तर, शनिबार एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएपछि भने सरकार हच्किएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना संक्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको बताइएको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ । यसपछि लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्नको लागि आज ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

मन्त्रिपरिषद बैठकअघि आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छलफल हुनेछ र यो बैठकले सरकारलाई सुझावसहित सिफारिस गर्नेछ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ । यसअघि विशेषज्ञहरुको साथमा बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने सुझाव दिएको थियो । तर, अचानक महिलाको मृत्यु भएपछि सबै तयारी एकैपटक उल्टिएको छ ।

Related Articles

Back to top button
Close