Video

११ वर्षकी बालिकाको बयान, ‘छिमेकी वाजेले तानेर भित्र लानुभयो, मुख थुनेर कपडा खोल्नुभयो’ घटना सार्वजनिक गरे मा’रिदिन्छु भन्ने ध’म्की पछि पुरै परिवार विस्थापित (भिडियो हेर्नुस्)

पोखरा । द ण्डहि नताको पराकाष्ट कहाँ सम्म छ भन्ने कुरा यो घ ट ना हेरेपछि थाहा हुन्छ । एक जना ११ वर्षकी बालिका माथि जसले गिद्धेदृष्टि लगाए उसैले ज्यान मा र्ने ध म्की दिएपछि अहिले पुरै परिवार विस्थापित भएको छ । छोरीलाई लिएर उनीहरु लुक्दै बसेका छन् । लकडाउनका कारण कतै बाहिर जान नपाउने र ध म्कीका कारण लुकेर बस्नुपरेका कारण अहिले उनीहरु भोकै बस्नु पर्ने अवस्था आएको छ ।

मादी गाउँपालिकाको एक जना ११ वर्षकी बालिकालाई ६० वर्षका पुरुषले करणी प्रयास गरेका छन् । यो कुरा बाहिर खुलेपछि घ ट ना लुकाउन बालिकाको वुवालाई १० हजार रुपैया दिएर मिलाउन दवाव दिइन्छ । ६० वर्षका पुरुष र उनका समर्थकले ध म्की दिएपछि अहिले ति बालिका लुकेर पोखरा महानगरपालिकाको एउटा कुनै स्थानमा लुकेर बसेका छन् ।

सो परिवारमा ९ महिनाको सानो बालक पनि छन् । ११ वर्षको छोरीलाई त्यस्तो हर्कत गर्ने पुरुष र उनका आफन्तले ध म्की दिएपछि परिवार नै विस्थापित भएका हुन् । वैशाख २ गते ति पुरुषले आफुमाथि त्यस्तो हर्कत गरेको बालिकाले बताएकी छन् ।

ुम पानी सारीराखेको बेलामा त्यो बाजे आउनुभएको थियो, मलाई समातेर भित्र लिएर जानुभयो, मेरो मुख थुनिदिनुभयो र आफ्नो लुगा खोल्न थाल्नुभयोु, घटना विवरण सुनाउँदै ११ वर्षकी बालिकाले भनिन् ुमेरो मुख थुनेकोले बोल्न मिलेर मैले हुँदैन भनेर टाउको हल्लाए । त्यही बेलामा ठुलो ममी आउनुभयो ।ु

उनी आफ्नो छिमेकी भएको र आफुले बाजे भनेर सम्बोधन गर्ने गरेको बताइन् । घरमा बुवा आमा काममा बाहिर गएको मौका छोपेर त्यस्तो कुकर्म गर्न लागेको बताइन् । ठूलोममीले देखेर आफ्नो बुवाआमालाई बोलाउन लागेपछि उनले ध म्की दिएको बताइन् । उनको ठूलो आमाले किन यस्तो गरेको भनेर हप्काउँदा कसैलाई भन्यो भने मा रिदिन्छु भनेर ध म्की दिएपछि कसैले केही नभनेको बताइन् ।

पुरुषले मा रिदिन्छु भनेर ध म्की दिएका कारण आफुले आमाबुवालाई पनि केही भन्न नसकेको बताइन् । तर ति पुरुषले फेरी पनि त्यस्तै हर्कत गर्न नखोजेपछि भने बालिकाले आफ्नो बुवाआमालाई भनेको बताइन् । मलाई मा रिदिन्छ की भनेर ड राएर बुवाआमालाई भनेको थिइन्, तर त्यो बाजेले मलाई जता देखेपछि म आउँ रु भनेर ड राउन दिन थाले त्यसपछि मेरो जिन्दगी व र्वा द पारिदिन्छ भनेर बुवाआमालाई भनेको बताइन् ।

वुवाआमाले कुरा थाहापाएपछि गाउँका सबै मिलेर १० हजार रुपैया दिएर मिलाउने कोशिष गरे । तर छोरीको जिन्दगीको सम्झौता १० हजारमा नगर्ने भन्दै प्रहरीकहाँ उजुरी दिएपछि ज्यान मा र्ने ध म्की दिएको बताए । उनले ति ब्यक्तिको नाम पनि भिडियोमा सार्वजनिक गरेका छन् ।

Related Articles

Back to top button