News

‘कोरोना फैलाउने डाक्टर र नर्सलाई घरवाट निकाल’ भन्दै घर घेर्ने माथि अब हुनेछ यस्तो कारवाही

काठमाडौँ । गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दु’र्व्यव’हार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

कोरोना स’ङ्क्र’मण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दु’व्र्यव’हार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो ।

त्यस्तै मन्त्रालयले कोरोना स’ङ्क्र’मण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ ।

कोरोना स’ङ्क्रम’णको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

काठमाडौ लगायत मुलुकका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सुरक्षाकर्मी, डाक्टर र स्वास्थ्यकर्मी पनि कोरानोको जोखिममा परेका छन् । अस्पतालहरुमा स्वास्थ्यकर्मि र चिकित्सक संक्रमित भएका छन् । घर भाडामा बस्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई अपहेलना गरिएको छ ।

आफ्नै घर भएका चिकित्सक पनि छिमेकीवाट अपहेलित भएका समाचार सार्वजनिक भएका छन् । कोरोना विरुद्ध अग्रपंक्तिमा काम गर्नुपर्ने स्वास्थ्यकर्मि र चिकित्सकलाई यस्तो ब्यवहार हुन थालेपछि स्वास्थ्य मन्त्रालयले कारवाहीको निर्देशन दिएको हो ।

Related Articles

Back to top button
Close