News

दुबईमा एक नेपालीको क’रेन्ट लागेर मृत्‍यु, नेपालमा ५० दिनकी छोरी आ’इसी’युमा

यूएईको दुबईमा एक नेपालीको क’रेन्ट लागेर ज्या’न गएको छ । दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्ण बहादुर खड्काको काम गर्ने क्रममा क’रेन्ट लागेर ज्या’न गएको हो ।

कामका लागि ६ महिना पहिले दुबई पुगेका कृष्ण बहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा क’रेन्ट लागेर ज्या’न गएको दूतावासले जनाएको छ ।

कृष्ण बहादुरको घरमा सुत्केरी श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था ना’जुक भएकाले बुटवलको आम्दा अस्पतालमा आ’इसी’युमा राखेर उ’पचार भईरहेको छ ।

‘सु’कुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बि’रामी नानीको के गर्लिन,’ उनका नजिकका आफ्नतले भने । कृष्ण बहादुरको परिवार आर्थिक अवस्था क’मजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सु’कुम्बासी बस्तीमा बसेको छ ।

कृष्ण बहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक का’नुनी प्रक्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले शव घर पठाउन लागेको हो । आइतबार नेपाल एअरलाइन्सको जहाज मार्फत कृष्ण बहादुरको शव नेपाल आउने बुझिएको छ ।

Related Articles

Back to top button
Close