News

कोरोना सार्न आएको भन्दै ७ महिनाकी गर्भवती र उनका श्रीमानलाई छिमेकीले कु’टे

काठमाडौ । क्वारेन्टिमा १४ दिन बसेर घर आएका ब्यक्तिलाई कोरोना सार्न आयो भन्दै छिमेकीले गरेको विवादका बीचमा गर्भवती महिला कु’टि’एकी छन् । झापाको मेचीनगर नगरपालिका १२ मा एक गर्भवती महिला र उनका श्रीमान छिमेकीवाट कु’टि’एका हुन् । गम्भिर घाइते उनीहरुको अहिले अस्पतालमा उपचार भइरकेको छ ।

७ महिनाकी गर्भवती रहेकी चन्द्रकान्ता लाम्गादे र उनका श्रीमान सागर खाती कु’टि’एका हुन् । उनीहरुलाई स्थानिय दुर्गा श्रेष्ठ र विष्णुमाया प्रधानले कु’टे’का हुन् । चन्द्रकान्ता र उनका श्रीमान सागरका घरबेटीसंगको विवादकाबीच उनीहरु माथि कु’ट’पि’ट भएको हो । उनीहरुका घरबेटी राजन दर्जीलाई कोरोना सार्न आएको भन्दै ल’खे’टेपछि भा’ग्दै चन्द्रकान्ताको कोठामा पुगेका थिउ ।

राजक केही दिन अघि क्वारेन्टिनमा बसेर घर फर्कीएका थिए । उनलाई क्वारेन्टिनवाट घर आएपछि कोरोना सार्न आयो भन्दै श्रेष्ठ दम्पत्ती जाइलागेपछि भा’ग्दै आफ्नो घरमा भाडामा बस्ने चन्द्रकान्ताको कोठामा पसेका थिए । श्रेष्ठ दम्पत्ती गा’ली गर्दै उनीहरुकै कोठामा पुगेर कु’टे’का हुन् । जातिय अपहेलना हुने शब्दले ागली गर्न थालेपछि चन्द्रकान्ता र उनका श्रमिानले प्रतिवाद गरेपछि श्रेष्ठ दम्पत्ती गर्भवती महिला र उनका श्रीमान माथि जाइलागेका थिए ।

बाहिरबाट आएका एकजना मान्छेसँग संगै बसेर खाएको भन्दै एक महिनाअघि दर्जीलाई क्वारेन्टिनमा पठाइएको थियो । क्वारेन्टिनवाट घर फर्किए पछि श्रेष्ठ दम्पत्तीले दिनहु गा’ली गर्ने गरेका थिए । श्रेष्ठ दम्पत्तीको कु’टा’इवाट ७ महिनाकी गर्भवतीको पेट, ढाड, छाती लगायतका स्थानमा चो’ट लागेको छ । उनीहरुले पेटीले हा’ने’का थिए । घटनामा संलग्न दम्पत्तीलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको छ । तस्बिर नेपाल समय

Related Articles

Back to top button
Close