Intresting

यो चराको अभिनयले बनायो सबैलाई छक्क ! सामाजिक सञ्जालमा भिडियो भाइरल (भिडियो हेर्नुस्)

काठमाडौ । कुनै फिल्महरुमा केही जनावरले अभिनय गरेको देखिन्छ । तर कुकुर र यस्तै जनावरले सामान्य हाउभाउवाट अभिनय गर्छन । त्यसका लागि पनि उनीहरुलाई तालिम इिएको हुन्छ ।

तर एउटा चराले पनि अनौठो अभिनय गर्न सक्छ भनेर तपाईलाई विश्वास गर्न कठिन हुनेछ । सिनेमा वा टेलिभिजनमा विभिन्न कलाकारहरुसंग केही जनावरले अभिनय गर्नु फरक कुरा हो तर आफ्नो जिवन बचाउन एउटा चराले गरेको यो वास्तविक अभिनयले सबैलाई छक्क बनाउछ ।

तर के कुनै जनावरले वास्तवमै अभिनय गर्न सक्ला ? भारतमा एक जीवले गरेको हर्कत कुनै सुपरस्टारको अभिनयभन्दा कम छैन । उनले अभिनय गरेर आफ्नो ज्यान बचाएको छ ।

भारतमा अहिले एउटा भिडियो भाइरल बनेको छ । अभिनय गरेकै कारण उसको ज्यान जोगिएको छ । भारती वन विभागका अधिकारी सुसान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियो अहिले भाइरल बनेको हो । हालै उनले २ जनावरको भिडियो अपलोड गरेकि थिइन् जसलाई हेर्दा चर्चित कार्टुन क्यारेक्टर टम एण्ड जेरीको स्मरण ताजा हुन्छ ।

भिडियोमा एक कुकुर जमिनमा रहेको पक्षीलाई खान खोजे झै गरेर हेर्छ । तर उक्त पक्षीले मरेको अभिनय यसरी गर्दछ कि मानौ उ कुनै पक्षी वा जीव नै होइन । यतिकैमा झुक्किएको कुकुर अचानक अन्यत्र हेर्दछ । तर कुकुरको ध्यान अन्यत्र मोडिएको फाइदा उठाउदैं उक्त पक्षीं त्यहाबाट भा’गेर आफ्नो ज्यान जोगाउँछ ।

Related Articles

Back to top button
Close