News

नेपालमा को रोनाका कारण गर्भवतीसहित थप ६ जनाको ज्या न गयो

काठमाण्डौ – नेपालमा आज को रोना स ङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्या न गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्या न गएको हो । भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस

बाराको हर्दिया-४ की २३ वर्षकी ग र्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्या न गएको हो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका-१ का ५० वर्षका पुरुषको ज्या न गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्या न गएको प्रतिष्ठानका निर्देशक सह-प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । यसैगरी योसँगै नेपालमा को रोना स ङ्क्रमणका कारण ज्या न गु माउनेको संख्या १ सय ८१ पुगेको छ । यसैबीच गण्डकी प्रदेशमा थप २५ जनामा को रोना स ङ्क्रमण पुष्टि भएको छ ।

तनहुँका ९, वाग्लुङका ८, लमजुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा स ङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश को रोना नि यन्त्रण तथा रो कथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो। लमजुङ र बाग्लुङमा को रोना पुष्टि भएका तीन जना सुरक्षाकर्मी हुन् भने एक जना पालिकामा कार्यरत कर्मचारी हुन् ।

Related Articles

Back to top button
Close