Video

विवाह भएको २७ महिनामै कतारमा भएका श्रीमानलाई श्रीमतीले ‘आफ्नो बाटो लाग’ भनेपछि श्रीमान रुँदै लाइभमा (भिडियो हेर्नुस्)

काठमाडौ । कल्पना याख्याका श्रीमान कतारमा छन् । देवेन्द्र लिम्बु भरतपुर निवासी उनी कतारवाट आज अचानक रुँदै अचानक भिडियो लाइभमा आए । उनलाई श्रीमती कल्पनाले अब तिमीसंग म कुनै सम्बन्ध राख्दिन भनेका कारण उनी कतारवाट मिडिया गुहार्दै लाइभ भिडियोमा आएका थिए । श्रीमानले त्यसरी सामाजिक सञ्जालमा लाइभ आएको देखेपछि उनको श्रीमती पनि सम्पर्कमा आएकी छन् । उनी धरानमा छन् । उनले श्रीमानको भिडियो देखेपछि आफु सम्पर्कमा आएको बताएकी छन् ।

कल्पनाले देवेन्द्रसंग विवाह गरेको एक वर्षपछि निकै विरामी हुन थालिन् । पछि देवेन्द्रलाई देख्ने बित्तिकै मन नपर्न थाल्यो । उनलाई किन यस्तो भयो भन्ने पनि थाहा छैन । देवेन्द्रको यस अघि पनि २ वटा श्रीमती छन् । उनीहरुको एक एक वटा सन्तान छन् । कल्पनालाई देवेन्द्रको दुईवटा श्रीमती छन् भन्ने थाहा थिएन । त्यसैले धरानमा हुँदा भेट भएपछि प्रेम भयो अनि विवाह गरे । तर विवाह पछि कल्पना निकै बिरामी हुन थालिन् त्यसपछि कल्पनाले सल्लाह गरेर नै तिमीसंग मेरो सम्बन्ध राम्रो भएन हामी आफ्नो बाटो लागौं भनेर छुट्टीएको बताएकी छन् ।

तिमीसंग विवाह गरेपछि म निकै बिरामी हुन थाले, तिमीलाई माया पनि लाग्न छोड्यो त्यही भएर हामी आफ्नो बाटो लागौं । तिम्रो दुईवटा श्रीमती र बच्चा पनि रहेछ आफ्नो परिवार र बच्चा सम्हालेर बस भनेर राम्रो सल्लाहसंग नै छुट्टीएको बताएकी छन् । उनले आफु अस्पताल जाँदा उपचार गर्दा पनि कुनै रोग पत्ता नलागेको बताएकी छन् । विवाह हुनु पहिला देवेन्द्रको श्रीमती छन् भन्ने थाहा नपाएकी उनलाई विवाह पछि दोस्रो श्रीमतीले उजुरी दिएपछि विवाह भएको थाहा पाएको बताइन् ।

उनका श्रीमानले भने आफुले पैसा पठाउँदा सम्म मात्र कल्पनाले माया गरेको तर पैसाको कमि भएपछि आफुलाई छोड्छु भनेको देवेन्द्रको भनाई छ । देवेन्द्रले ५ लाख रुपैया श्रीमतीले आफुले खाइदिएको बताएका छन् । कल्पनाको पनि देवेन्द्रसंग दोस्रो विवाह भयो । कल्पना र देवेन्द्रको विवाह भएको २७ महिना मात्र भएको छ । तर उनी विवाह गरेपछि बिरामी हुन थालेको बताएकी छन् । देवेन्द्रप्रति किन आफनो मन विग्रियो भन्ने पनि उनलाई थाहा छैन ।

Related Articles

Back to top button
Close