News

ह्वात्तै घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार ह्वात्तै बढेको सुनको मूल्य शुक्रबार तोलामा सात सयले घटेको नोपल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सात सयले घटेर ९६ हजार नौ सय कायम भएको महासंघले जनाएको हो।तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ । ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

सस्तो र धेरै माइलेज दिने हिरोको नया सुपर सप्लेन्डर उत्कृष्ट ब्रेकिङ सिस्टम ‘आइबिएस’ सहित नेपाली बजारमा (मुल्यसहित)
काठमाडौं, १२ भदौ । आईबीएस (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) जडित हिरोको नया सुपर स्प्लेन्डर नेपाली बजारमा सार्बजनिक भएको छ ।सुपर स्प्लेन्डर आईबीएस भर्सन देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । अहिले निषेधाज्ञा जारी रहेकोले यसको किनबेच नभए पनि निषेधाज्ञा खुलेपछि ठुलो मात्रामा कारोबार हुने अनुमान कम्पनिको रहेको छ ।

नया सुपर स्प्लेन्डर आईबीएस भर्सनमा सुरक्षालाई प्राथमिकता दिइएको छ । आईबीएस ब्रेकिङ प्रणालीले अगाडि तथा पछाडिको ब्रेक बीचको सम्बन्धलाई एकिकृत गरि दुवै ब्रेक सहि तरिकाले लगाउन मद्दत गर्छ। नया सुपर स्प्लेन्डर आईबीएस आरएन्डडी इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको मोडल हो ।

नया सुपर स्प्लेन्डर आईबीएसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक ओएचसी इन्जिन रहेको छ । जसले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएम टर्क उद्पादन गर्छ । ४ स्पीड कन्सट्यान्ट मेस गियरबक्स र मल्टिप्लेट वेट क्लच रहेको यो मोटरसाइकल ९० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ ।

त्यस्तै १३ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो मोटरसाइकलले प्रति लिटर ६० किलोमिटरको माइलेज दिने कम्पनिको दावी रहेको छ । यसमा आई-थ्री-एस प्रणाली रहेको हुदा माइलेज धेरै दिने कम्पनिको दावी छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च एलोय ह्वील्स, आरामदायक सीट र लाइटवेटले गर्दा यो मोटरसाइकल सबैको लागी चलाउन सजिलो हुनेछ । ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close