Health

कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा ४१५ सहित थपिए ९२७ सङ्क्रमित, १२ जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।

सो अवधिमा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

सञ्चारकर्मीहरू सङ्क्रमित तर कार्यालयमै आइसोलेशन बनाएर रेडियो प्रसारणलाई निरन्तरता कोभिड-१९ ठूलो भिडमा कसरी फैलिन सक्छ भन्नेबारे जर्मनीमा अध्ययन अहिले देशभरि १६,०१९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

Related Articles

Back to top button
Close