International

कोरोना रोकथामका लागि यी नायिकाले गरिन् १ करोड ५० लाख सहयोग

एजेनसी / विश्वमाहामारि रुपमा फैलिएको कोरोनाका कारण भारतमा ज्यान जानेको संख्या ११८ पुगेको छ । कोरोना भाइरस विरुद्ध लड्न भारतमा कलाकारहरुले सहयोग गर्दै आएका छन् । त्यस्तै बलिउड नायिका प्रिंयाका चोपडा कंगना रानवत अक्षय कुमार अमिर खान प्रभास अजय देवगनले सहयोग गरेका छन् ।

भने भने बलिउड सुन्दरी नायिका रानी मुखर्जीले पनि कोरोना भाइरस विरुद्ध लड्नका लागि आर्थिक सहयोग गरेकी छिन् । उनले १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् । र अभिनेता कार्तिक आर्यनले पनि एक लाख सहयोग गर्ने बारे स्वयम्ले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

अन्य समाचार – कोरोना फैलाएको आरोपमा गायिका कनिकाबिरुद्ध मुद्धा

बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोनाभाइरसको उपचारपछि घर फर्किएकी छिन् । यसैक्रममा उनीबिरुद्ध हालै एक मुद्धा लागेको छ । भारतिय मिडियाका अनुसार सार्वजनिक रुपमा कोरोनाभाइरस फैलाएको भन्दै उनीबिरुद्ध मुद्धा हालिएको हो ।

कोरोना संक्रमण भएको बेला उनले कन्सर्टमा गएर रोग फैल्याएको भनि आरोप लगाइएको छ । गायिका कनिकालाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको भारतिय मिडियाले जनाएको छ ।

कनिकाले उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई साता उपचार गराएकी थिइन । दुई साता उपचारपछि उनी सोमबार बिहान डिस्चार्ज भएकी हुन् ।

Related Articles

Back to top button
Close