News

गुन्द्रुकभन्दा सस्तो बन्यो ब्रोइलर कुखुराको मासु

काठमाडौं । आकस्मिक नि षेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चि न्तित भएका छन् । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ । *** भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको अध्यक्ष बिसीको भनाइ छ । *** भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Related Articles

Back to top button
Close