News

काठमाडौंमा कोरोना संक्रमणको महामारी भित्रभित्रै फैलिसकेको भेटियो यस्तो प्रमाण

काठमाडौं । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ ।सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ ।

ती क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

काठमाडौं – काठमाडौँ उपत्यकामा भित्र भित्र कोरोनाको महा’मारी फैलिरहेको घ’ट’ना एक पछि अर्को सार्बजनिक हुदै छन् ।बिहीबार धुलिखेल अस्पतालमा ज्यान गु’माएकी २९ वर्षीया महिलाको कोरोना भाइ’रसका कारण मृ-त्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृ-त्यु समेत हो ।

शुक्रबार काठमाडौं महामानगरपालिकामा काम गर्ने ६ सय ६४ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आयो । त्यसलगत्तै पीसीआर जाँच गर्नका लागि स्वाब संकलन गरियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तर, आरडीटीमा पोजेटिभ नतिजा देखिनुको अर्थ हुन्छ, उनीहरू कुनै बेला संक्रमित थिए ।तेसैगरी आइतबार काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा परीक्षण गरिएकोमा १५ जनामा आरडिटी पोजेटिभ आएको छ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरसको सक्रिय थियो र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । जतिबेला शरीरमा भाइरस सक्रिय थियो, त्यसबेला अरूलाई सर्न पनि सक्छ ।जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित भन्छन्, ‘कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उनीहरू कुनै समय संक्रमित थिए भन्ने हो ।’

एकसाथ ३१ जनाको आरडीटी पोजेटिभ आउनुले पनि उपत्यकामा कोरोना संक्रमण छ तर संक्रमितहरू परीक्षणको दायरामा नआएका मात्र हुन् भन्ने प्रष्ट भएको उनले बताए ।माथिका यी सबै घटनाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएको छ भन्ने देखाएको डा. दीक्षितको तर्कमा अरू जनस्वास्थ्य विज्ञहरू पनि सहमत छन् ।

Related Articles

Back to top button
Close