अस्पताल घुमाउँदा-घुमाउँदै ज्यान गयो, २४ घण्टा देखि एम्बुलेन्समा शव
काठमाडौ । अस्पताल घुमाउँदा घुमाउँदै उपचार नपाएर ज्यान गुमाएका एक पुरुषको शव २४ घण्टा देखि एम्बुलेन्समा अलपत्र परेको छ । उनको कोरोना भएको आशंकामा शव एम्बुलेन्समै अलपत्र परेको हो । उपचारका लािग अस्पताल घुमाउँदै गर्दा धनुषाका नगराइन नगरपालिका डेवडिहाका ६० वर्षका पुरुषको निधन भएको थियो । उनको अहिले सम्म पनि शव एम्बुलेन्समै छ ।
मुटु सम्बन्धी रोग रहेका उनलाई प्रादेशिक अस्पताल जनकपुरले धरान रेफर गरेको थियो । उनको धरान पुगे लगत्तै निधन भएको थियो । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उनको शव एम्बुलेन्सबाट निकालेर निधन भएको प्रमाणपत्र आफन्तलाई दिइएको छ । शव लिएर फर्किएको एम्बुलेन्स घर नपुग्दै प्रहरी घरमा पुगीसकेका थिए । कोरोना परिक्षण नगरी शव किन ल्याएको भन्दै प्रहरीले प्रश्न गरेपछि परिवारका सदस्य अलमल परेका छन् । अहिले शव फेरी प्रादेशिक अस्पताल लगिएको छ ।
२४ घन्टाभन्दा बढी भइसक्दासमेत शव व्यवस्थापन हुन नसकेपछि एम्बुलेन्समै राखिएको छ । कोरोनाको आशंकाकै आधारमा सरोकारबला निकायले व्यवस्थापन गर्न नसक्दा २४ घन्टाभन्दा बढी समयदेखि शव एम्बुलेन्समै अलपत्र परेको एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य महाशंकर ठाकुरले जानकारी दिए। २४ घन्टासम्म शव एम्बुलेन्समै अलपत्र परेपछि परिवारका सदस्य समेत तनावमा छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **