News

अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला भन्ने डरले यी मन्त्री मन्त्रिपरिषद् बैठक गएनन्

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरस (कोभिड–१९) को गम्भीर असर नेपालमा पनि देखिएको छ । यो बीचमा अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् ।

दिनभर अर्थ मन्त्रालयमै रहनु भएका मन्त्री खतिवडा बालुवाटारको बैठकमा नदेखिएपछि कतिपय मन्त्रीले खासखुस गर्दै कोरोना पो लागेछ कि क्या हो भन्दै शंका गरिरहेका थिए ।

तर बाहिर आएको खबर अनुसार मन्त्री खतिवडालाई कोरोना लागेको नभई कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरका कारण मन्त्री खतिवडा बैठकमा नगएको विशेष श्रोतको दावी छ ।

मन्त्री खतिवडा बैठकमा नआउनुको कारणबारे एक मन्त्रीले त्यस्तो बताएका हुन् । ति मन्त्रीका अनुसार आइसोलेसनमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बाहदुर थापा बादल पनि हिजो साँझको बैठकमा आउनुभएको थियो तर कोरोना सल्कने डरले गर्दा खतिवडा नआएको ति मन्त्रीको ठहर रहेको छ ।

तर, क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा भने नियमित उपस्थित भएर काम गर्दै आउँनु भएको छ । सोमबार पनि उहाँ सधैंझै बिहान ८ बने नै अर्थमन्त्रालय पुग्नु भएको छ । हरेक दिन खतिवडा बिहानदेखि साँझसम्म मन्त्रालयको काममा खट्ने गर्नुभएको छ ।

मन्त्री खतिवडा स्वास्थ्यको हिसाबले कोरोनाको उच्च जोखिम भएका व्यक्तिमा पर्नुहुन्छ । सरकारका प्रवत्ता समेत रहनु भएका उहाँ मुटुका बिरामी हुनुहुन्छ । मधुमेह र उच्च रक्तचापको बिरामी भएका कारण उहाँले स्वास्थ्यमा विशेष सतर्कता अपनाउँने गर्नुभएको छ ।

Related Articles

Back to top button