News

असोज १ देखि लामो दुरीका यातायात चल्ने

काठमाडौँ । सरकारले अन्तरजिल्ला र लामो दुरीका यातायातका साधनहरु असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने नि’र्णय गरेको छ । यसअघि भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना संक्रमणको दर ब’ढ्दै गएपछि असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।नि’यमित तथा व्यवसायिक आन्तरिक उडानहरु समेत सोही समय सम्मका सञ्चालन नगर्ने निर्णय भएको सरकारका प्रवक्ता, अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई संक्रमण जो’खिमको विश्लेषण गरी आइसोलेसन बेडको निर्माणको जिम्मा दिएको छ । प्रदेशको कोभिड—१९ संक्रमण व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन केन्दको समन्वयमा आइसोलसनको प्रवन्ध गर्नुपर्ने उनले बताए ।उपत्यकाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइसोलेसन बेड निर्माणको जि’म्मेवारी दिइएको छ । सरकारी अस्पताल तथा आवश्यकताका अनुसार नीजि, सा’मुदायिक, शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई प्रयोगमा ल्याएर आइसोलेसन व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

बागमती प्रदेश र स्थानीय सरकारले उपत्यकाभित्र अवश्यकता अनुसार थप व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि सीसीएमसी र मन्त्रालयले सहजिकरण गर्नुपर्ने उनले बताए । स्थानीय तहमा बे’ड सञ्चालनका लागि प्रदेश कोभिड कोषबाट खर्च उपलब्ध गर्नुपर्ने र आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरेको छ । त्यसको सम्पूर्ण सुरक्षाको जि’म्मेवारी नेपाली सेनालाई दिइएको छ । ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close