News

काठमाडौ उपत्यकाका लागि सरकारबाट आयो महत्वपुर्ण सूचना !

काठमाडौं- जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले अनुरोध गर्ने भएका छन् । मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर गृहमन्त्रालयलाई नै थप निर्णय लिन अनुरोध गर्ने भएका हुन् । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

सरोकारवाला निकायहरुबाट आएका सुझाव र वस्तुस्थितिको मूल्यांकन गरी तीन जिल्लाकै प्रशासनले सुझावसहितको प्रस्ताव गृहमन्त्रालयलाई पठाइने काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए । भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधि १७ गते रातिसम्मलाई थप गरिएको थियो । गृह मन्त्रालयलाई निषेधाज्ञा तत्काल नहटाउन बरु मोडालिटी परिवर्तन गर्नतीन जिल्लाका प्रजिअहरुले सिफारिस गर्ने स्रोतले बताएको छ ।

दुई हप्ते निषेधाज्ञा सकिनु एक दिन अगाडि आज काठमाडौं उपत्यकाका तीन सिडिओले गृहलाई सिफारिसको तयारी गरेका हुन् । गृह मन्त्रालयले पनि तत्काल निषेधाज्ञा नहटाउने बरु केही खुला गर्ने रणनीति बनाएको बताइएको छ ।निषेधाज्ञा अन्त्यभन्दा पनि अत्यावश्यक सेवाका पसल, ढुवानी सेवा र निर्माण क्षेत्र सञ्चालनमा सहजता हुनसक्ने बुझिएको छ । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close