News

नेपालमा आज कोरोनाबाट १२ जनाको ज्या’न गयो, ज्या’न गु’माउनेको संख्या २ सय ५१ पुग्यो

काठमाडौँ । नेपालमा आज जनाले कोरोनाका कारण १२ जनाले ज्या’न गु’माएको छ । यो सहित नेपालमा ज्या’न गु’माउनेको संख्या २सय ५१ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना सं’क्रमणको पुष्टि भएको छ ।

योसँगै गरेर देशभर संक्रमित हुनेको संख्या ४१६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आजमात्रै १ हजार १ सय १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २ सय ९० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।

Related Articles

Back to top button
Close