प्रभाससँग होइन यी व्यक्तिकाे प्रेममा छिन् अनुष्का
बलिउड चर्चित अभिनेता प्रभास हुन् । ‘बाहुबली’ फेम दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम सोही सिनेमाका अभिनेता प्रभाससँग निक्कै नै जोडियो। यी दुइ बारे सामाजिक संजालमा निकै चर्चा भइरहेकाे छ।
उनीहरूले ती समाचारहरूलाई लगातार आफूहरू राम्रो साथी मात्र भएको भन्दै अस्वीकार गर्दै आइरहेका थिए । प्रकाशित समाचारहरुमा उनीहरूबिचको सम्बन्ध प्रेममा मात्र सिमित भएन, उनीहरू विवाह नै गर्दैछन् भन्ने सम्म छापिए । केही समय पछि यी दुइकाे प्रमे छ भन्दै निकै चर्चा भइरहेकाे छ ।
अनुष्का प्रभाससँगको नभई एक निर्देशकसँग प्रेममा छिन्। अनुष्काको ‘जजमेन्टल हे क्या’ सिनेमाका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ। सन् २००४ मा तेलेगु भाषामा बनेको बाल सिनेमा ‘बोम्मालता’ बाट सिनेमा निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगु-तमिल कमेडी ‘साइज जिरो’ बनाएका थिए।
उनीहरूबीच सोही सिनेमापछि प्रेम सुरु भएको बताइन्छ। त्यो समय विवाहित रहेका प्रकाशको दुई वर्ष अगाडि सम्बन्ध विच्छेद भइसकेको छ। उनले बलिउड लेखिका कनिका डिल्लनसँग विवाह गरेका थिए।
हेर्नुहाेस् उनीहरुका केहि थप तस्विरः