News

Breaking: उपत्यका भित्र भोलि क`र्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर त,नाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

नेपालकै पुरानो र धेरै बिरामीको उपचार गर्ने वीर अस्पताललाई कोरोना अस्पताल बनाइने

काठमाडौं । सरकारले वीर अस्पतालमा कोभिड—१९ संक्रमितको मात्र उपचार गर्ने तयारी गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो । कोरोनाका बिरामी ननकोभिड बिरामीलाई ट्रमा सेन्टरमा सिफ्ट गर्ने तयारी भइरहेको बताइएको छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए । तर केही दिनयता अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण बढेपछि बहिरंग सेवा भने बुधबार र बिहीबार बन्द गरिएको छ । हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ ।

Related Articles

Back to top button
Close