News

फेरि आजपनि घट्यो सुनको मुल्य ,आज २२ दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य २२ दिन यताकै सस्तो भएको छ । बिहिबारको तुलनामा सुनको मूल्य थप केहि सस्तो भएसँगै सुन २२ दिन यताकै सस्तो विन्दुमा पुगेको हो।

लगातार बढेर इतिहाँसकै महँगो विन्दुमा पुगेको सुनको मूल्य त्यसयता घटबढ हुँदै आएको छ। सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

शुक्रबार तोलामा १ सय रुपैंयाले घटेसँगै सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य साउन २९ गते यताकै सस्तो हो। ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सयले घटेको छ। आज तेजाबी सुनको मूल्य ९५ हजार ९ सय कायम भएको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय १० मा कारोबार भइरहेको महासङ्घले जानेको छ।

Related Articles

Back to top button
Close