News

धनकुटाकी कोरोना संक्रमित नर्सले १५ दिनमा ५०० सय जनाको स्वास्थ्य परीक्षण गरेकी थिइन

कोरोना संक्रमणको पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्सले १५ दिन अघि काठमाडौबाट आएका ९ गाडी यात्रुहरुको स्वास्थ्य परीक्षणमा संलग्न भएको खुलेको छ ।जिल्ला बाहिरबाट आएका करिव ४ सय ५० जनाको स्वास्थ्य परीक्षणमा ती नर्ससहितको टोली सहभागी रहेको पाइएको छ ।

यस्तै धनकुटाको हिले बजारमा निर्माण हुँदैं गरेको ढल निर्माणका लागि सिरहा र सप्तरीबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षणमा पनि उनी सहभागी थिइन ।जिल्ला अस्पताल धनकुटामा प्रसुती विभागमा कार्यरत ती नर्सबाट प्रसुती गराएर हिजो मात्र दुर्ई जना बिमारी डिस्चार्ज भएका थिए ।

यस्तै ४ जना हाल पनि जिल्ला अस्पतालमा उपचाररत छन् । ६ जनालाई उनले नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी थिइन ।नर्सलाई कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ नम्बर वडालाई चार किल्ला तोकेर हिजो नै शिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुरक्षा प्रमुख तथा सरोकारवालाहरूसँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो ।उनीसँग उपचार गराएका र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

Related Articles

Back to top button
Close