Video

सुर्खेत घटनामा वरिष्ठ अधिवक्ता भन्छन्, यो घटनामा डिएनए परिक्षण पनि हुँदैन, उनीहरुको नाता कायम पनि गर्न मिल्दैन (भिडियो हेर्नुस्)

काठमाडौ । वरिष्ठ अधिवक्ता गोपिलाल देवकोटाले सुर्खेत घटना नजिकवाट हेरिरहेका छन् । आफ्नै जेठाजुको छोराको गर्भ वोकेर बच्चा जन्माएको भन्दै आएकी गंगाको विषयलाई आफुले राम्रोसंग हेरेको बताएका छन् । बच्चा जन्माउने गंगाले लगाएको आरोपको खण्डन गर्दै उनको जेठाजुको छोरा गणेशले कानुनी प्रकृयामा जाने बताएका छन् । वरिष्ठ अधिवक्ता देवकोटाले महिलाले भनेको कुरामा सत्यता नभएको देख्छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले बच्चा ९ महिना कोखमा हुँदा सम्म त्यसवारे कसैलाई नभन्नु र हाडनातामा भएको सम्बन्धमा गर्भ रहेको थियो भने कानुनले दिएको अवधि भित्र गर्भ प’त’न पनि गर्न पाउने अधिकारको प्रयोग पनि गरिनन् । त्यसैले यो कुरामा सत्यता नभएको हुनसक्ने अधिवक्ताको अनुमान छ ।

भिडियोमा किशोरलाई देख्दा १४ वर्षको भनिएपनि त्यो भन्दा बढी उमेर देखिन्छ । गंगाले घटना मिडियामा सार्वजनिक गर्नुभन्दा पनि बाबु कायम गरिपाउँ भन्दै अदालत जानु पर्ने भएपनि त्यसो नभएको र आफ्नै काकीले त्यती ठूलो आरोप लगाउँदा पनि किशोर पनि अदालत नजानुले अर्को शंका पनि उब्जाए उनी बताउँछन् । तर कानुन अनुसार २० वर्ष पुरा नभइ कुनै पनि पुरुष बाबु बन्न पाउँदैन । विवाह पनि गर्न नपाउने उमेरमा बाबु कायम गर्न भन्दै अदालत जान पनि गंगा नमिल्ने बताउँछन् ।

उनले १४ वर्षको ब्यक्तिको विर्यवाट सन्तान रहन्छ की रहन्न भन्ने पनि मेडिकलवाट प्रमाणीत हुनुपर्ने उनको भनाई छ । तर भिडियोमा हेर्दा किशोरको उमेर १६ वर्षको जस्तो देखिने बताएका छन् । यदि अदालत नै गएर गणेश नै बाबु कायम भएपनि उनीहरु पति पत्नीका रुपमा बस्न नपाउने उनको भनाई छ ।

हाडनाता भित्र पर्ने भएकाले गणेश नै बाबु हो भन्ने प्रमाणीत भएपनि उनीहरु पति पत्नी हुन नमिल्ने बताएका छन् । अधिवक्ता देवकोटाले डिएनए परिक्षण सजिलो नभएको बताएका छन् । डिएन परिक्षण गर्नुपर्छ भन्ने अदालत वा न्यायाधीसलाई लाग्यो भने मात्र आदेश हुने र त्यसपछि मात्र गर्न सकिने बताएका छन् । डिएनए परिक्षण पनि सत प्रतिशत अदालतले नमान्ने अधिवक्ता देवकोटाले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close