International
मस्जिदमा वि’ष्फोट हुँदा १२ को मृ’त्यु, दर्जनौँ घा’इते !
ढाका : बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदको ‘एयर कन्डिसनर’ वि’ष्फोट हुँदा १२ जनाको मृ’त्यु भएको छ। शुक्रबार राती प्रार्थना गरिरहेका बखत भएको सो वि’ष्फोटमा दर्जनौँ घा’इते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
वि’ष्फोट प्रार्थना सकिएपछि राती करिब ९ बजे फर्किने समयमा भएको थियो। ग्यास लिक भएर यस्तो भ’यानक घ’टना भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन्। उक्त वि’ष्फोटको समयमा करिब सय भक्त मस्जिदमा रहेका बताइएको छ।
मस्जिदमा रहेका आठ वटा एयर कन्डिसनर बाटो आ’गोको मु’स्लो निस्किएको थियो। वि’ष्फोटपछि लागेको आ’गो नियन्त्रण गर्न करिब आधा घण्टा लागेको थियो। अग्नि सेवा तथा नागरिक सुरक्षा बंगालादेशले उक्त घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ।