News

पसल तथा व्यवसाय भोलिदेखि दिनभर संचालन गर्न दिने प्रशासनको निर्णय

भैरहवा । रुपन्देहीमा दिनभर व्यापार व्यवसाय संचालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । तेस्रो चरणमा लगाइएको निषेधाज्ञा समयावधि शनिबार राति १२ बजे सकिदैछ ।

तीन चरणमा २० दिनसम्म लगाइएको निषेधाज्ञामा पनि संक्रमणको ग्राफ बढ्दो छ । भोलिदेखि दिनभर व्यापार व्यवसाय संचालन गर्न पाउने गरी चौथो चरणको अगामी भदौ २८ गतेसम्म निषेधाज्ञाको आदेश गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

पन्थले जारी गरेको आदेशमा निषेधाज्ञा अवधिमा अति आवश्यक दैनिक उभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न सकिने उल्लेख छ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

यस्तै भीडभाड नहुने गरी सरकारी कार्यालयले सेवा प्रवाह गर्ने, बैंक वित्तीय संस्थाले नियमित सेवा दिनसक्ने लगायत आदेश दिइएको छ ।प्रशासनले बजार खोल्न अनुमति दिएपनि मुख्य राजमार्ग र अत्यावश्यकबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ ।

Related Articles

Back to top button
Close