Health

काठमाडौं उपत्यका ३५४ जना सहित आज थपिए ९ सय ८० संक्रमित , थप ९ जनाको मृत्यु

काठमाडौं २१ भाद्र / आइतबार नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको मन्त्रालयले बताएको छ ।

Related Articles

Back to top button
Close