News

जुवाडेले फैलाए कोरोना, जुवाको खालवाट पक्राउ परेका १९ जनामा कोरोना पुष्टि

काठमाडौ । कोरोना संक्रमित घट्दै गइरहेको बेलामा लकडाउनको समयमा सयम कटाउन तास खेल्न समुहमा बस्नेहरुले फेरी कोरोना फैलाइरहेका छन् । स्याङ्जामा तास खेल्ने जुवाडेहरुमा कोरानो देखिएको छ । स्याङ्जाका आइसोलेसनमा पछिल्लो समय संक्रमित घट्दै गएका कारण खाली हुँदै थिए । तर लकडाउनको समयमा तास खेलेर बस्ने जुवाडेका कारण फेरी संक्रमित बढेका छन् ।

समुहमा बसेर तास खेल्नेहरुमा कोरोना पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना पुष्टि भयो । ति मध्य अधिकांश तास खेल्ने जुवाडे भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतवार एक महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको हो । थपिएका मध्य १९ जना पुरुष तास खेल्ने जुवाडे हुन् । दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी हुन् । १९ जनालाई प्रहरीले केही दिन अघि तासको खालवाट पक्राउ गरी क्वारेन्टिनमा राखेर स्वाब परिक्षण गरिएको थियो । उनीहरुको आइतवार रिपोर्ट आउँदा पोजेटिभ देखिएको हो ।

२२ जना जुवाडे पक्रउ परेकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसंगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ। आइसोलेसनमा बस्नेको संख्या घटेर ५ जना पुगेका बेला आइतवार बिहान २२ जना थपिएका हुन् ।

Related Articles

Back to top button
Close