News

इटहरीमा ‘गरि खान देउ’ भन्दै व्यवसायी उत्रिए विरोधमा, अब होटल व्यवसाय खुल्ने

काठमाडौ । लामो समयको लक डाउनले सास्ती दिएको भन्दे इटहरीमा होटल ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले सुरक्षित मापदण्ड अपनाएर होटल खो्रल्ने तयारी गरेको समेत बताएका छन् । होटल व्यवसायी सङ्घ इटहरीका अनुसार दुई चरणमा होटेल खोल्ने तयारी भै रहेको छ । संघले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै सङ्घले भदौ २५ र असोज १ गते गरी दुई चरणमा होटल खोल्ने जानकारी गराएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पहिलो चरणमा सानो लगानीका चिया पसल, खाजा घर तथा रेस्टुरेन्ट खोल्ने र दोस्रो चरणमा ठुला होटेल तथा लज सञ्चालनको तयारी रहेको छ । प्रशासनले खोल्न नदिए पनि आफै होटल खोल्ने तयारी गरेको होटल व्यवसायीहरुले बताएका छन् ।

विगत ६ महिना देखी सुरु भएको लकडाउनको कारण व्यवसायीको करोडौँको लगानी जोखिममा परेको छ भने हजारौँ व्यवसायी तथा कर्मचारीहरू मा’रमा परेका र उनीहरूमा आश्रित परिवारको अवस्था दिनानुदिन दुखद हुँदै गएको छ । होटल व्यवसायी संघका इटहरीका अध्यक्ष जिवन पराजुलीका अनुसार अझै पनि होटल सञ्चालनमा रोक लगाउने हो भने भोलिका दिनमा व्यवसायी र आश्रितको अवस्था झनै भयावह हुनेछ ।

दुरी कायम गर्ने तथा सुरक्षाको उपाय अपनाएर भाद्र २५ गते देखी साना लगानीको चिया पसल तथा साना लगानीको होटेल र असोज १ गते देखी ठुलो लगानीको लजहरू खोल्ने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन सँग माग गरिएको होटल ब्यवसायी संघ प्रदेश एकका अध्यक्ष मडिन्द्र कटुवालले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खुलेका ठुला लगानीका होटेलहरू धराशायी भएको उनको भनाइ छ । बैङ्कको व्याज र घर भाडा तिर्न नसकेर अप्रिय घटना हुनसक्ने र पलायन समेत हुनसक्ने अवस्थालाई मध्यनजर सुरक्षा उपाय अपनाएर होटेल खोल्न आग्रह गरिएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close