Health

थप ९७९ जनामा को रोना पुष्टि, १७ सय ३६ डिस्चार्ज; मृ त्यु हुनेका संख्या ३ सय पुग्याे

काठमाडौं । सोमबार देशभर ९७९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ९७९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ।

हालसम्म २० हजार ६७७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३०० पुगेको छ। गत २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७३९ जना क्वारेन्टिनमा रहेका छन्।

Related Articles

Back to top button
Close