News

भदौ २५ देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्ने ! यस्तो छ आज बसेको बैठकको निर्णय

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमितरुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए ।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए ।

Related Articles

Back to top button
Close