News

रोगले भन्दा भोकले मर्न लाग्यो सरकार ! घरबेटीले कोठाबाट पनि निकालिदियो …

काठमाडौं २२ भाद्र / कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेसँगै दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुको चुल्हो बल्न छाडेको छ ।

चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरेर बिचमा खोलिएपनि फेरि भाद्र ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोनाका कारण जारी लकडाउनसँगै धादिङ घर भई काठमाडौमा भारी बोकेर जीवन धानिरहेका गणेशबहादुर नेपालीले भारी बोक्ने काम पाउन छाडे ।

महिनाको ४५ सय रुपैयाँ भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट निकालिदिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अनि जीवन धान्न भारी बोक्ने नाम्लो, अहिले भोको पेटमा कसिएको छ । नेपालीलाई लाग्दैछ, रोगले भन्दा भोकले म’रिन्छ ।

Related Articles

Back to top button
Close