मेथीका दाना पनि हुनसक्छ घातक, यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस्
थीदानाको उपयोग स्वादको लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् ।
१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ । विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानीपूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ ।
२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ । जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि । यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस् ।
३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ ।
४) यो गरम प्रकृतीको हुन्छ । यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ । मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस् ।
५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ ।