News

सांसद तथा नेकपा नेता होमकुमारीको यस्तो च्याट बाहिरीएपछि

काठमाडौ । प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक जना महिला नेताको अ श्लिल च्याट सार्वजनिक भएपछि नेकपामा खैलाबैला भएको छ । नेकपा ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई पार्टीवाट कारवाही गरेको छ । उनलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय पार्टीले गरेको छ।

उनले एक अर्की एक युवतीसंग म्यासेन्जरमा गरेको अ श्लिल च्याट बाहिरिएको हो । त्यो च्याट कसरी बाहिरियो भन्ने कुराको पनि अनुसन्धान भएको छ । च्याटमा अन्य नेकपाकै केही स्थानिय नेताको नाम उल्लेख गर्दै अ श्लिल शब्द प्रयोग गरिएको थियो । पार्टीको बैठकले त्यसमा उल्लेख भएका शब्द सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएको ठहर गर्दै निलम्बनको निर्णय गरेको जनाएको यछ । नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले घटनाको बारेमा पार्टीले समेत छानविन सुरु गरेको जानकारी दिए।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत बनाएको थियो। सो कार्यदलले सांदसले च्याटमा नाम लिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडासंग पनि स्पष्टिकरण लिएको छ । उनीहरुलाई आत्मआलोचना पछि कारवाही भने गरिएको छैन । सांसद साँवाले उनीहरुको नाम लिँदै च्याटमा अ श्लिल शब्द प्रयोग गर्दै अर्की युवतीसंग कुरा गरेको फेला परेको हो । सो समितिको दिएको सुझावका आधारमा उनलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।From etajakhabar

Related Articles

Back to top button