Intresting

कक्षा ८ की आफ्नै विद्यार्थीलाई दुई शिक्षक सहित ३ जनाले ग’र्भवती बनाएपछि…

काठमाडौं । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई ग’र्भवती बनाएको आ’रोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई ग’र्भवती गराएको आ’रोप लागेको हो । किशोरी ग’र्भवती भएपछि अ’र्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि शिक्षकहरुले बद्मासी गरेको कुरा बाहिर आएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले ग’र्भवती गराएको आ’रोप लागेको हो ।

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटकको स’म्बन्धपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आ’रोप लगाएका छन् । छ महिनामै छोरी जन्मिएपछि कि’शोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले गरेको बद्मासीबारे किशोरीले बताएको एक आ’फन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घ’टना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पी’डित कि’शोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र कि’शोरीसँगको वयानपछि मात्रै घ’टनाका बारेमा थाहा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो कुरा बाहिर आइसकेपछि हामीले घ’टनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ ।सुरक्षाका लागि पनि कि’शोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । सं’लग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” कि’शोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार का’रवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

मुलुकी अप राध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर सम्बन्ध राखेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलासँग स’म्बन्ध राखेमा १० देखि १२ वर्षसम्म कारगारा सजाय हुने उल्लेख छ । यद्यपि ग’र्भवती बनाएको आ’रोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आ’रोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close