News

प्रेम गीत ३ का लेख,क तथा, निर्देशक, छेत,न गुरुङको, नि’ध’न

काठमाण्डौ – चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हाे ।

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको अब सधैका लागि अस्ताएका हुन् ।

उनी ४२ वर्षका थिए। पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज २ बिहान निधन भएको हो।

‘प्रेमगीत-३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दले गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल लागिएको थियो । उनलाई मिर्गौलासम्बन्धी समस्या पहिलादेखि नै थियो,पछिल्लो समय कलेजोले पनि पूर्णरूपमा काम गर्न छोडेको थियो।

परिवारमा उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ। छेतेन लिखित तथा निर्देशित ‘प्रेम गीत-३’ रिलिज हुन बाँकी छ।

छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए । गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए ।

उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।

Related Articles

Back to top button
Close