News

यी मितिदेखि लामो दुरिको बस चलाउन व्यवसायी तयार [ हेर्नुहोस् ]

काठमाडौं, भदौ / यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दूरीका सवारी सञ्चालनमा ल्याउने भएका छन् ।असोज १ गतेबाट लामो दूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् ।

बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् ।

छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीका यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताउनुभयो । लकडाउनको समयमा ग्यारेजमा सवारी साधन थन्केका कारण यस बर्ष रुट परमिट लगायत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग व्यवसायीहरुले माग गरेका छन् । फाइल तस्बिर

Related Articles

Back to top button
Close