News
आज पनि बढ्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ।आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कोरोबार भएको थियो।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो तेजावी सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कोरोबार भएको थियो।