News

कोरोना कहर : छ महिनायता होटल बन्द, ४० हजारको रोजगारी गु`म्यो

विराटनगर २५ भदौ । कोभिड १९ का कारणले पर्यटन र होटल व्यवसाय क्षेत्र शून्य अवस्थामा पुगेको छ । कोभिडको कारण मानवीय चहलपहल हुन नपाउँदा होटल र पर्यटन व्यवसाय शून्य अवस्थामा पुगेको हो ।

नेपालमा कोभिड १९ ले गर्दा मानवीय चहलपहल रोकिएको छ महिना भयो । यो अवधिमा होटल र पर्यटन व्यवसायमा आश्रित ठूलो संख्याका मजदुरले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण विराटनगरको पुरानो होटल जेनियल बन्द भएको छ ।

प्रदेश १ मा सानाठूला होटलमा काम गर्ने ४० हजारभन्दा बढीले रोजगारी गुमाएको होटल तथा पर्यटन व्यवसायी भविष श्रेष्ठ बताउँछन् । तराईदेखि हिमालसम्म पर्यटन व्यवसायमा प्रत्यक्ष रोगाजारी पाउने ३० हजार कामविहीन भएको उनले बताए ।

प्रदेश १ मा पाँच सयभन्दा बढी ठूला पर्यटक स्तरका होटलहरु छन् । मध्यम स्तरका होटल लज तीन हजार हाराहारी छन् । होटल सञ्चालन नहुँदा कार्यरत अधिकांसले रोजगारी गुमाएको उनले बताए ।

कोभिडका कारण छ महिनादेखि होटल र पर्यटन क्षेत्र बन्द छन् । पर्यटनसँग जोडिएको ट्राभल, ट्रेकिङका गाइड, भरिया, र्‍याफटिङ, पर्यटक गाडीका कर्मचारी सबै कामविहीन अवस्थामा पुगेको व्यवसायी श्रेष्ठले बताए ।

होटलहरु बन्द अवस्थामा रहेकाले कर्मचारी पनि कामविहीन हुन पुगेको होटल व्यावसायी राजन श्रेष्ठले बताए । उनका अनुसार अहिले प्रदेशका होटलहरुले दुईचारजना अत्यावश्यक कर्मचारीमात्र राखेका छन् ।

Related Articles

Back to top button
Close