Video

‘तिमीहरु मेरा लागी म’र्यौ’ भन्दै जन्मदिएका बुवाआमाले नै अलपत्र छोडेपछि बिचल्ली परेका ४ छोराछोरी (भिडियो हेर्नुस्)

काठमाडौ । केही दिन देखि एउटा भिडियो भाइरल भइरहेको छ । भक्तपुरमा आमाबुवा भएर पनि टुहुरा बनेका चार बालबालिकाहरुको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । केही महिना देखि भक्तपुरको एउटा कोठामा लकडाउनका समयमा भोकै बसेका चार बालबालिकाले धेरै महिना पछि आफ्नो आमालाई फेला पारेका छन् ।

संगै हुँदा पनि कहिल्यै आमाबुवाको माया नपाएका उनीहरुले आमालाई अर्कै पुरुषसंग देख्दा उनीहरुलाई अचम्म लाग्यो । आमा त्यहाँ छन् भन्ने थाहा पाएर भेट्न जाँदा आमाले माया गर्नुहुन्छ होला भन्ने लागेको थियो तर भेट हुँदा पनि आमाले माया गर्दिन भनेको सुनेपछि छोराछोरी निकै दुखी भएका छन् ।

४ छोराछोरीलाई छोडेर आमा र बुवा अर्कै टिपेर हिडेपछि यि बालबालिकाको बिचल्ली भएको थियो । भिडियोमा यिनीहरुको अवस्थाको बारेमा सार्वजनिक भएपछि सहयोग आउन थालेको छ । अहिले उनीहरुको कोठामा आधारभुत बस्तुहरुका जम्मा हुन थालेको छ । यस्तै बेलामा उनीहरुले आमालाई पनि देखे । तर पनि आमाले माया गर्दिन भनेर तिरस्कार गरेपछि बालबालिका थप दुखि भएका छन् । सबैभन्दा दुखी माइली छोरी भएकी छन् । उनी आमालाई भेटेदेखि नै आँखा ओभाएका छैनन् ।

तीन छोरी र एक छोरालाई छोडेर गएका अभिभावकहरुलाई जेठो छोरीले भावुक सन्देश दिएकी छन् । जेठी छोरी उर्मीलाले उनले भनेकी छन्, बाबा र ममीका कारण हामीले यति धेरै दुख पार्यौ यो संसारमा भएका बाबा आमाले आफ्ना छोराछोरीलाई यसरी अलपत्र पारेर नछोड्नुहोला ।

माइली छोरी मुनाको आमाले नाम समेत लिइनन् । त्यो सम्झेर अहिले पनि उनी दुखी छन् । आँखा ओभाएका छैनन् । आमाबुवा संगै हुँदा पनि बुवाले मुनालाई माया गर्ने भएकाले बाबाको प्यारी छोरी भन्दै संधै हे ला गर्ने गरेको जेठी छोरीले बताएकी छन् ।

Related Articles

Back to top button
Close