News

कागेश्वरी नगरपालिकाका जनप्रतिनिधिसहित २१ कर्मचारीमा आरटिडी पोजेटिभ

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिसहित २१ जना कर्मचारीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरटिडी) पोजेटिभ देखिएको छ। सोमबार साँझ आरटिडी प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको नगरपालिकाका प्रवक्ता राजुराम पुडासैनीले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार आरटिडी पोजेटिभ देखिएका नगरप्रहरी, सरसफाई गर्ने कर्मचारी र जनप्रतिनिधिलाई अहिले मूलपानी र आलापोट हस्‍पिटलको क्वारेन्टाइनमा राखिएको छ।

‘नगरपालिकाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको आरटिडी परीक्षण सोमबार बेलुका ५ बसेसम्म गरेको थियो,’उनले भने, ‘परीक्षण गर्दा २१ जनामा पोजेटिभ देखिएको छ,। पिसिआर परीक्षणको लागि टेकु अस्पतालमा पठाएका छौँ। रिपोर्ट आएपछि मात्र कोरोना भाइरस संक्रमण भएको हो या नभएको पुष्टि हुन्छ।’

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिसहित २१ जना कर्मचारीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरटिडी) पोजेटिभ देखिएको छ। सोमबार साँझ आरटिडी प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको नगरपालिकाका प्रवक्ता राजुराम पुडासैनीले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार आरटिडी पोजेटिभ देखिएका नगरप्रहरी, सरसफाई गर्ने कर्मचारी र जनप्रतिनिधिलाई अहिले मूलपानी र आलापोट हस्‍पिटलको क्वारेन्टाइनमा राखिएको छ।

‘नगरपालिकाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको आरटिडी परीक्षण सोमबार बेलुका ५ बसेसम्म गरेको थियो,’उनले भने, ‘परीक्षण गर्दा २१ जनामा पोजेटिभ देखिएको छ,। पिसिआर परीक्षणको लागि टेकु अस्पतालमा पठाएका छौँ। रिपोर्ट आएपछि मात्र कोरोना भाइरस संक्रमण भएको हो या नभएको पुष्टि हुन्छ।’

Related Articles

Back to top button
Close