News

कोरोनाको डरले मुम्बईदेखि दुई हप्ता हिडेर नेपाल आइपुगेको पाँचौं दिनपछि निधन, बाँच्दा एम्बुलेन्स आएन, मरेपछि डोजरमा बोकेर राप्ति किनारमा गाडियो

काठमाडौं – कोरोना भाइरसबाट नेपालमा मृ’ त्यु भएका दोस्रो व्यक्ति बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरमा बोकेर अन्तिम संस्कार गरिएको छ। कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहान निधन भएका ती युवकको शव राति साढे ९ बजेतिर राप्ती किनारमा लगेर गा’डिएको हो। शव व्यवस्थापन गर्न गएका ७ जना सबैले सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए। नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी श’ वव्यवस्थापन गर्न गएका थिए। स्रोतका अनुसार कोरोनाभाइरसबाट कसैको ज्या’न गए कसरी शव व्यवस्थापन गर्ने भनेर बाँकेमा टिम बनिसकेको थिएन।

‘अपर्झट ती युवाको निधन भएपछि प्रक्रिया पूरा नगरी एउटा टिम बनाएर शव व्यवस्थापन गरिएको हो,’ स्रोतले भन्यो। भगवानपुरको क्वारेन्टिन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएको हुँदा डोजरबाटै उठाएर शव लैजान सजिलो भएको थियो। सुरूमा दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनबाट झन्डै साढे २ सय मिटर टाढा दक्षिणतर्फ शव गा’ड्न खोजिएको थियो। तर गाउँलेहरूले जोखिम हुने भन्दै त्यहाँ शव गा’ड्न दिएनन्। त्यसपछि थप एक किलोमिटर जति टाढा राप्ती नदीको किनारमा लगेर शव गा’डिएको नरैनापुर गाउँपालिका- ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले जानकारी दिए।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य उपसंयोजक नागेन्द्र साहले करिब ९ बजेतिर श’व गा’डेर सकिएको जानकारी दिए। ‘डोजरले पहिलै गएर श व गा’ड्ने खाडल खनेर तयार पार्‍यो, अनि बकेटमा बोकेर लगेर खा’डलमा हाल्यो,’ साहले भने ‘मानिस कोही पनि नजिक जानु परेन।’ क्वारेन्टिनवाट मृतक युवाको शव सवा ८ बजेतिर डोजरले बोकेर लगेको उनले बताए। त्यसपूर्वक नै मृतकको शवलाई स्वास्थ्यकर्मीले प्लाष्टिकले र्‍याप गरिसकेका थिए। शव व्यवस्थापनमा संलग्न नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक भानबहादुर बिसीले ७ फिट गहिरो खाडल खनेर शव गाडिएको बताए।

‘नदी किनारको चौर भएको हुँदा खन्न गाह्रो थिएन, अझै गहिरो खन्ने भन्ने कुरा थियो, तर ७ मिटर गहिरो खनिसकेपछि तलबाट पानी निस्कन थालेपछि खाडल खन्न छोडिएको हो,’ बिसीले भने। खाडल खन्नुपूर्व र खाडल खनेपछि शव राख्नुभन्दा पहिला पनि त्यहाँ औ’षधी छ’र्किएको हो। श’व राखेर खाल्डो पुरेर सके पनि पछि आ’सपास जताततै औ’षधी छर्किएको बिसीले बताए। त्यसपछि सबैले लगाएका पिपिई पनि त्यहीँ जलाइयो। बिसीले भने, ‘डोजरमा पनि पुरै स्प्रे गरियो र औ’षधी छर्ने ट्या’ङ्की पनि त्यहीँ जलाएर आएका हौं।’

’शव उठाउनुपूर्व र शव गा’डेर आएपछि पनि ती युवा म’रेको दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनमा औ’षधी छर्किएको प्रहरी निरीक्षक बिसीले बताए। शव उठाउनुभन्दा पहिला नै नरैनापुर गाउँपालिका-५ दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिन पुरै खाली गरिएको थियो। भगवानपुर क्वारेन्टिनमा बसेका थप ३८ जनालाई आइतबार ती युवाको श’व उठाउनुभन्दा पहिला नै वडा नम्बर ६ स्थित जय किसान माविको क्वारेन्टिनमा स्थान्तरण गरिएको छ। भगवानपुरबाट जयकिसान माविको क्वारेन्टिन लगभग ५देखि ७ सय मिटरको दूरीमा छ। उनीहरूलाई लैजानुपूर्व सबैमा औ’षधी स्प्रे गरी सुरक्षित तरिकाले लगिएको स्वास्थ्यकर्मीले बताएका छन्। यो समाचार सेतोपाटीमा छ ।

त्यस्तै क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ ।

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए । “कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुरी छ”, उनले भने, “गाउँपालिकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।”भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि निधन भएको जनाइएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै निधन भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे निधनु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको निधन भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको निधन भएको जानकारी दिए ।

Related Articles

Back to top button
Close