Intresting

यस्ता सामान्य कुराहरु ख्याल गर्नुहोस्, श्रीमतीले सधैं माया गर्छिन्

काठमाडौं । धेरै जस्तो पुरुषमा महंगा उपहार दिएर श्रीमतीलाई खुशी बनाउन सकिन्छ भन्ने धारण रहेको हुन्छ । तर यस्तो सोचाई गलत हो किनकि सम्बन्धमा पैसा मात्र भएर हुदैन सम्बन्धमा आफ्नो पन र माया हुनु आवश्यक हुन्छ । महिलाहरु सानोसानो कुराहरुमा पनि खुःशी हुन जानेका हुन्छन् ।

कुनै हिराको औँठीको सट्टा मायाले एउटा गुलाबको फुल दिए पनि श्रीमतीलाई खुसी मिल्छ किनभने कुनै पनि सम्बन्धमा पैसा भन्दा माया हुनु जरूरी हुन्छ । त्यसैले श्रीमतीलाइ सानो सानो कुरामा माया देखाउनु पर्छ ।माया र फीलिंग्स बताउनाले श्रीमती भावनात्मक धेरै जोडिने उनमा आफ्नो श्रीमानले धेरै माया गर्छ भन्ने भावनाको विकास हुन्छ । बाहिरी कामले गर्दा तपाइको जतिसुकै ब्यस्त भएपनि घरमा आफ्नो श्रीमती छ र उसलाइ समय दिनुपर्छ भन्ने कुरा कहिलै बिर्सनु हुदैन । बाहिरी काम संगै आफ्नो सम्बन्ध बचाउनु र सम्बन्धलाइ सुमधुर बनाउनु पनि आवश्यक हुन्छ ।

कामबाट थोरै समय निकालेर श्रीमतीलाई समय दिने ,रमाइलो कुराकानी गर्ने गनुपर्दछ । उनलाइृ सधै आफु साथमै भएको आभाश गराउँनु पर्छ । समय नदिनाले श्रीमती एक्लो महसूस गर्ने गछिन् जसले गर्दा उनमा नकारात्कम सोच बढ्न जान्छ ।

श्रीमती हाउस वाइफ वा वर्किंगं वाइफ जेसुकै भएपनि श्रीमती बसेर सधै कुराकानी गर्नुपर्छ । घरमा खाना खाने समयमा होस् या सुत्नु भन्दा पहिले श्रीमतीसंग उनको बारेमा सोध्ने र आफ्नो बारेमा पनि दिनमा केके गरे बताउनु पर्छ यस्तो गर्नाले सम्बन्धमा विश्वास र मिठास ल्याउँछ ।

श्रीमतीले भनेको कुरालाई सुन्ने, कहिलेकाही घुमाउन लग्ने , उसको साना,साना इच्छा ,चाहानाको ख्याल गर्ने , घरको काममा सघाउँने, छोरा छोरीको हेरबिचार गर्ने, उसको पहिरनको तारिफ गर्ने गर्नाले श्रीमतीलाइ खुसी पार्न सकिन्छ ।

Related Articles

Back to top button
Close