News

६ रेक्टरस्केलको शक्तिशाली भूकम्पले हल्लाउँदा काठमाडौँबासी आँखा मिच्दै सडकमा, केन्द्रबिन्दु सिन्धुपाल्चोक

काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्प ६ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

एकाबिहानै आएको भूकम्पले काठमाडौँ उपत्यकाका घरहरु राम्रोसँग हल्लिएसँगै सर्वसाधारणहरु आँखा मिच्दै सडकमा आएका थिए । यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको थियो ।

Related Articles

Back to top button
Close