Video

पुण्य गौतमले खाए निलडाम हुने गरि प्रहरीको कु’टा’ई, बोकेर झ्यानाकुटी गरायो (भिडियो हेर्नुस्)

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिगंलाई कार्यकारी निर्देशक बनाउनु पर्ने माग सहित दवाव दिन पुगेका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । कोरोनाको जोखिम बढेकै बेलामा सार्वजनिक रुपमा भिड गरेको भन्दै प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

पुण्य गौतम आफुलाई सामाजिक अभियन्ता भन्दै विभिन्न विषयमा सामाजिक सञ्जालमा बोल्दै आउने गरेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने गौतमले बुधवार काठमाडौमा सार्वजनिक स्थानमा प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको हो ।उनलाई पक्राउ गर्दाको भिडियो भने निकै रमाइलो देखिन्छ । नारावाजी गर्दै सडकमा भिड लिएर बसेका पुण्यलाई प्रहरीले लाठी चार्ज गरेको छ । उनी आफै नेकपाका कार्यकर्ता भएको पनि दावी गर्छन । कोरोना महामारीका बेलामा भिडभाड गरेको र कोरोनाको जोखिम बढाएको भन्दै पक्राउ गरेको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनलाई पक्राउ गर्दाको भिडियो निकै रोचक र रमाइलो देखिन्छ । भिडमा उभिएर नारा लगाएका पुण्यलाई प्रहरीले ध के ल्दै आउँछन् । उनले यो मलाई के गरेको ? म विरामी छु भन्दै गर्छन । त्यती नै बेला प्रहरीले उनलाई जुरुक्क बोकेर लिएर हिड्छन् ।एक जना प्रहरी जवानले उनलाई जुरुक्कै बोकेर हिड्न थालेपछि त्यो दृष्य हेर्नेहरु रमाइलो मानिरहेका थिए । उनलाई प्रश्न गर्ने युट्युवरलाई पनि निकै रमाइलो पाराले जवाफ दिएका छन् ।

सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा फेरी नियुक्ती नदिएपछि अहिले सामाजिक सञ्जालमा विरोध जनाएका छन । उनले आफु नेकपाकै कार्यकर्ता भएपनि सरकारले नियुक्त नगर्दा विरोध गर्न आएको बताएका छन् । उनले आफु नेपालका लागि कुलमान चाहिने भएकाले सडकमा आएको बताएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close