Tips

५ मिनेटमै अनुहारमा चमक ल्याउन चाहनुहुन्छ ? यी उपाय फलो गर्नुहोस्

काठमाडौँ । तपाईको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा सुख्खा तथा फिक्का देखिने छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ।

५ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउन अप्नाउनुहोस् यी उपाय:

सामाग्रीहरु, १) कागती,२) थोरै नुन,३) चामलको पिठो, ४) मह

बनाउने बिधि
पहिलो चरण–सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

दोस्रो चरण–यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् ।

त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

Related Articles

Back to top button
Close