News

दशैंमा आउँछु भनेका शरण कुँवरको आउने भयो ला*स, परिवार लासको पर्खाईमा

गोरखा । गोरखाका एक युवाको विदेशमा मृत्यु भएको छ । गोरखा शहिद लखन गाउँपालिका–६ स्थित घैरुङका २६ वर्षीय शरण कुँवरको विदेशमा काम गर्ने क्रममा मृत्य भएको हो । गएको भदौं १५ गते काम गरिरहेको ठाउँमा ग्याँसको सिलिण्डर पडकिएर उनको ज्यान गएको परिवारले बताएको छ ।

युएईको आबुधावीस्थित एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस सिलिण्डर लिक भएर पड्किँदा त्यहाँ कार्यरत शरण कुँवरको ज्यान गएको भनिएपनि घटनाबारे अनुसन्धान भईरहेको छ । उक्त दुर्घटनामा परि कुँवरसहित अन्य ५ जनाको पनि मृत्यु भएको थियो । यता परिवार भने उनको शव आउने बाटो कुरेर बसिरहेका छन् ।

घटनाबारे थाहा पाएपछि चितवनमा रहेका दाइ भाउजु घर आइसेका छन्। उनको जेठो दाई कतारमा रोजगारीको क्रममा छन् । दशजना छोराछोरी रहेको कुँवर परिवारमा ६ जना छोरा र चार छोरी मध्ये काइला छोरा हुन् शरण । परिवारमा सधै खुशी हुने शरण एक्कासि अस्पतालमा रहेको खबर उनका परिवारले पाएका थिए । त्यतिबेला पपरवारलाई लागेको थियो कि समान्य बिमारीले अस्पताल पुगेको होला निको भएपछि फोन गर्छ ।

तर विडम्बना परिवारले आशा गरेको जस्तो केही भएन । छोरोले निको भएर फोन गर्छ भन्दै फोन कुरी बसेका उनका उमेरले डाडाँ कटि सकेका बाआमालाई एक्कासी शरण नरहेको खबर आई पुग्यो । शरणका बुवा बुद्धिमान छोराको अवस्थाबारे जानकारी लिन सदरमुकाम झरेको झरेई छन् । छोराको लासलाई कसले ल्याइदिन्छ भन्ने बारेमा बेखबर रहेका उनी आज आउँछ कि भोलि भनेर सदरमुकाम गोरखामा पर्खिरहेका हुन्छन् ।

Related Articles

Back to top button
Close