News

देशभरीका सम्पुर्ण बिद्यार्थीहरुकालागि भर्खरै आयो अत्यन्तै जरुरी सुचना!

देशैभरीका सम्पुर्ण बिद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सुचना ! लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अन लाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ता ङ्क लाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

यो पनि पढ्नुहोस: सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र.जि.अ. दाहालले स्पष्ट पार्नुभयो । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उहाँको सुझाव छ ।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र.जि.अ. दाहालले जानकारी दिनुभयो ।

सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उहाँको आग्रह छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउनुहुन्छ । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालकाे प्रतिक्रिया छ ।

Related Articles

Back to top button
Close