News

भर्खरै काठमाडौं उपत्यकाबाट आयो डर लाग्दो खबर

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close