News

कोरोना पुष्टि पछि होमआइसोलेशन बस्न घर जाँदै थिए, दुर्घ`टनामा परी बाटोमै मृ`त्यु !

वाग्मती – मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको शनिबार मृ-त्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्र्तगत भरतपुरबाट हेटौँडा तर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मिनीबसको ठक्करबाट घाइते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृ-त्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन् ।अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए । मृ-तक कोरोना सङ्क्रमित रहेको र होमआइसोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठक्करबाट मृ-त्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए।

Related Articles

Back to top button
Close