News
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेर प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।